Sunday, July 15, 2012

रोमियो र जुलिएट - शेक्सपियर

सैयौजुनी सम्म रहोस् लेखिएको प्रेमकथा ।
सारंङ्गीझै गूंजी रहोस् रेटिएको प्रेमकथा ।।
तिम्रोमेरो ज़िन्दगानी अल्पिएर गए पनि ।
खोजीखोजी पढ़ीरहोस् मेटिएको प्रेमकथा ।।
रोमियो र जुलिएट जस्तै होस हाम्रो प्रीत ।
समाजले बार बारी छेकिएको प्रेमकथा ।।
प्रेम गरी रुदैरुदै जुनी फाल्यौ भन्ने लेख ।
सिलाजुमा छाप्या होस भेटिएको प्रेमकथा ।।
वियोगीको पानाहरू च्यातिएर गए पछि ।
यदाकदा भेटीयोस टेकिएको प्रेमकथा ।।


 

सुम्निमा - विश्वेश्वर प्रसाद कोइराला



विश्वेश्वर प्रसाद कोइराला (इ.सं.1914 - 21 जुन 1982) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुन्। उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, 1959 देखि 1960 सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे। नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे।

 साहित्यिक योगदान


 

उपन्यास

  • तीन घुम्ती
  • सुम्निमामा तथा देवदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ। प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो। सुम्निमा किराँत धर्मावलम्बीहरू द्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँत हरूको आरोप छ।
  • नरेन्द्रदाइ नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो। यो उपन्यासमा नरेन्द्रदाई तथा उनकी श्रीमती बीच जम्न नसकेको सहज पारिवारिक सम्बन्धको विश्लेषण गरिएको छ।
  • मोदिआइन
  • हिटलर र यहुदी जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ।
  • बाबु, आमा र छोरा

कथा

  • दोषी चश्मा
  • श्वेतभैरवीजीवनी
  • आफ्नो कथा
  • जेल जर्नल

१भाग


भाग - २


भाग - ३


भाग - ४


भाग - ५

>
भाग - ६


भाग - ७


भाग - ८

शिरीषको फूल - पारिजात

शिरिषको फूल पारिजात द्वारा लिखित नेपाली भाषाको एक उपन्यास हो। यस उपन्यासले २०२२ सालको मदन पुरस्कार गरेको थियो। शिरिषको फूल त अङ्ग्रेजीमा द ब्लु मिमोसा का रूपमा अनुवाद भएर अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ। यस कृतिको चलचित्र बनाइँदैछ। यस चलचित्रका निमार्ता जगत राजथला हुन् भने निर्देशक जापानी नागरिक तोसी आकोइतो हुन्।





  १भाग
२भाग
३भाग
४भाग

पल्पसा क्याफे - नारायण वाग्ले




सन् २००५ को मदन पुरस्कार जित्न सफल “पल्पसा क्याफे” को यो अंक सुन्दा, हामीलाई कुनै उपन्यास नभइ, इतिहास पढिरहेको र सुनिरहेको जस्तो लाग्छ । साँच्चै भन्दा, हामीले “पल्पसा क्याफे” मा भनिएका प्रत्येक संवादलाई मनन गर्ने हो भने, सबै कुराहरु, सबै घटनाहरु चलचित्र हेरिरहेको जस्तो लाग्छ । तपाई हामी आफैँ, पल्पसा क्याफे मा लेखिएको हरेक परिस्थिति र हरेक दृश्यलाई आफ्नो कल्पना शक्तिले चलचित्र जस्तो हेर्न सक्छौँ, मनन गर्न सक्छौँ ।




१भाग
२भाग
३भाग
४भाग
५भाग
६भाग
७भाग

TITO SATYE 12 July 2012

TITO SATYE 5 July 2012

MERI BASSAI 7 July 2012

MERI BASSAI 14 July 2012

MERI BASSAI 9 June 2012

Saturday, July 14, 2012

कृष्ण धरावासी को राधा

      राधा......

कुनै पनि कुरालाई सांस्कृतिक मूल्य दिएपछि त्यसले सामाजिक सम्पत्तिको स्थान ग्रहण गर्छ । मानिसले स्थापना गरेका जति पनि तीर्थस्थलहरू छन्, ती सबैमा कुनै न कुनै किंवदन्तीहरू आधार मानिएका छन् । किंवदन्तीहरूको आफ्नै विशेष ऐतिहासिक तथ्य हुँदैन तर सामाजिक विश्वासमा तिनीहरू इतिहासभन्दा पनि शक्तिशाली भएर उभिएका हुन्छन् । अझ आध्यात्मिक किंवदन्तीहरू त भक्तिसँग जोडिएर आउने हुँदा तिनको सामाजिक मूल्य विशेष बन्ने गर्छ । 

भारत र नेपालमा जति पनि तीर्थस्थलहरू छन्, ती सबैमा हाम्रा पुराणीय विम्ब र मिथकहरूको आधारलाई उभ्याइएका हुन्छन् । नयाँनयाँ तीर्थस्थलहरूमा पनि पौराणिक मिथकहरूले नै शक्ति प्रदान गररिहेका हुन्छन् । मानिसलाई सबैभन्दा धेरै प्रभाव पार्ने विषय भनेको नै आख्यान हो । कथा, उपन्यास वा काव्यमा जोडिएर आउने आख्यान नै मानव सभ्यताको सबैभन्दा पि्रय चिन्तन स्रोत हो । विभिन्न धर्मग्रन्थमा आधारति आख्यानहरूले नै मानिसहरूलाई त्यस धर्मसँग बाँधेर राखेको हुन्छ । कुरान, वाइबल, पुराण, जातक कथा आदिका कथाहरू ती धर्मसँग सम्बन्धित मानिसहरूका मानसिक सम्पत्ति हुन् । तिनका अतिरत्तिm साना साना आदिवासी, जनजातिका आ-आफ्ना संस्कृतिसँग घुलेर रहेका लोककथाहरू उनीहरूका जातीय मौलिकताका पहिचान बनेका हुन्छन् । 

मानव सभ्यताद्वारा विकसित ऐतिहासिक समयसीमाका आधारहरू नै अत्यन्त छोटा भएकाले ती समयसीमाभन्दा अघिका कुराहरूलाई केको प्रमाणले सावित गर्नु भन्ने समस्या जहिले पनि हुन्छ । 

विक्रम सम्वत् सुरु भएको २ हजार ६७ वर्ष भयो । त्यसअघि कुन सम्वत् थियो र त्यो कहिलेदेखि सुरु भएर त्यहाँ आएर किन रोकियो ? २०६७ वर्षअघिको समयलाई के भनेर नाप्ने ? त्यस्तै इस्वी सम्वत् सुरु भएको २०१० वर्ष भयो, त्यसभन्दा अघिको समयको गणना कसरी हुन्थ्यो ? त्यो समय गणनालाई किन शून्यकरण गरयिो ? जबकि २०१० वर्षभन्दाअघिको मानव सभ्यताका अनेकौँ पृष्ठभूमिहरू छन् । हामी सिद्धार्थ गौतम बुद्धको कुरा गर्दा आजभन्दा २६२९ वर्षअघि उनी लुम्बिनीको कपिलवस्तुमा जन्मे भन्छौँ । कहाँदेखि गनेर ल्याउँदा बुद्धको जन्ममितिसँग भेट हुन्छ त हाम्रो ? के बुद्ध जन्मेको समयमा सम्वत्सरको कुनै व्यवस्था थिएन ? समयको गणना गर्ने विधिको विकास भएको थिएन ? थियो भने बुद्धकालीन समय गणनालाई निरन्तरता किन दिन नसकिएको होला ? नेपालमा त बुद्ध सम्वत् नै चलेको भए झन् कति राम्रो हुँदो हो ! तर, अचम्म लाग्छ बुद्धको जन्म समय पत्ता लगाउन इस्वी सन्को प्रयोग गर्नुपर्छ । बुद्ध कहिले जन्मेका हुन् भन्ने प्रश्नको उत्तरमा बुद्धको जन्म ईसापूर्व ५६३ को छेउछाउमा भएको थियो भनिन्छ । किन बुद्धको जन्म बुद्ध सम्वत् २६२९ मा भएको थियो भनेर भन्न सकिँदैन ? के इसुखि्रस्ट नजन्मेको भए बुद्ध जन्मेका हुने थिएनन् ? बुद्धको जन्म थाहा पाउन उनीभन्दा ५ सय ६३ वर्षपछि जन्मेको मान्छेको उमेरबाट गनेर किन लानुपर्‍यो ? त्यसरी लाँदा पनि ५ सय ६३ मै पुगेर अडिनुपर्ने आधारहरू के हुन् ? भारत वर्षमा अंग्रेजको शासन नभएको भए ईपूले बुद्धको जन्मलाई नाप्नुपथ्र्यो होला त हामीले ? 

अर्थात् प्रमाणको कुरा खोज्दा यस्ता फितला प्रमाणहरूलाई हामीले सभ्यताको आधारविन्दु मान्ने गरेका छौँ । त्यसैले जति पनि तीर्थस्थलहरू छन् र तिनमा जोडिएका किंवदन्तीहरू छन्, तिनलाई ऐतिहासिक प्रमाण दिन सजिलो छैन । ऐतिहासिक प्रमाण पाएका ती तीर्थहरू फेर ितीर्थको आध्यात्मिक शक्ति गुमाएर केवल मनोरञ्जनको पर्यटकीय स्थलमा परण्िात हुन पुगेका देखिन्छन् । भक्तिसँग जोडिएका किंवदन्तीय स्थलहरू मानिसको आस्थाकेन्द्री बन्ने हुनाले तिनको तथ्यलाई भए पनि लुकाउने र मेट्ने परम्परा पनि छ । समयसीमाभन्दा बाहिर पारििदएपछि त्यसमा एक प्रकारको मानसिक शक्ति सञ्चार भएको अनुभूत हुन्छ । त्यसैले अधिकांश तीर्थस्थलहरू समयसीमाभन्दा बाहिर उभ्याइएका हुन्छन् । 

हामीले हाम्रो गाउँमा भर्खरै कुनै नयाँ आध्यात्मिक केन्द्रकै स्थापना गर्‍यौँ भने पनि त्यसको प्राचीनतालाई समयसीमाबाट मुक्त गरििदन्छौँ । जस्तै- ०३३ सालमा झापाको कालीस्थानमा योगी नरहरनिाथको सक्रियतामा एक आध्यात्मिक भेला सम्पन्न भएको थियो । त्यस भेलामा ठूलठूला विद्वान्, जोगी र सन्तहरूको उपस्िथति थियो । स्वामी सत्यदेव र कैलाशानन्द दुई युवा सन्तहरूको उपस्िथति र प्रवचन अत्यन्त लोकपि्रय भएको थियो । त्यस भेलामा योगी नरहरनिाथले आफ्नो प्रवचनका क्रममा भन्नुभो ः 

"यो ठाउँको नाम कालीस्थान किन राखिएको हो भने उहिले सत्ययुगमा माता कालीले शुम्भ र निशुम्भ दुई राक्षसहरूको बध गर्ने युद्धका बेला उनको एक पाइलो कुम्भकर्ण हिमालको छेउ पाथीभरामा टेकिएको थियो र दोस्रो पाइलो यस स्थानमा टेकिएको थियो ।" 

योगीजीको यो भनाइ सुनेर सम्पूर्ण उपस्िथत भक्तजनहरू भावनात्मक उत्तेजनाले चिच्याएका थिए र योगीजी र माताकालीको जयजयकार गरेका थिए । त्यस दिनदेखि कालीस्थानप्रतिको मानिसको धारणा नै परविर्तन भयो । आध्यात्मिक भावनाले भरयिो त्यो ठाउँ । अहिले त्यस ठाउँमा ठूलो मन्दिर, धर्मशाला आदि निर्माण भएको छ र एउटा तीर्थस्थलका रूपमा त्यो परण्िात भएको छ । आध्यात्मिक किंवदन्तीको शक्तिको यो एउटा उदाहरण हो । 

झापामा पूर्वस्थापित आध्यात्मिक स्थलहरू र अचेल स्थापना गरँिदै गरेका स्थलहरू सबैका कुनै न कुनै किंवदन्ती हुर्किएको पाइन्छ । तर, हरेक किंवदन्तीसँग त्यहाँको संस्कृति र सभ्यताको गहिरो सम्बन्ध रहेको हुन्छ । झापामा धेरै यस्ता तीर्थस्थलहरू छन्, जोसँग जोडिएको किंवदन्ती धेरै पुराना र पौराणिक भए पनि तिनको स्थापना भने आधा शताब्दीको वरपिर िमात्र पाइन्छ । 

झापाका त्यस्ता किंवदन्तीय स्थलहरूमध्ये किच्चकबध पनि एउटा महत्त्वपूर्ण र चर्चित स्थल हो । महाभारतको कथासँग जोडिएको यस स्थलमा महत्त्वपूर्ण पुरातात्त्विक विशेषताहरू पनि पाइएका छन् । पुरातत्त्व विभागले आफ्नो अध्ययन क्षेत्रभित्र समेटेर उत्खननसमेत थालिसकेको यो ठाउँ ऐतिहासिक विशेषताले पनि सम्पन्न रहेको हुनसक्ने अनुमान छ । वर्षमा एकपल्ट भव्य मेला लाग्ने यो ठाउँ खास गरी आदिवासी राजवंशी समुदायको आस्थाको केन्द्रका रूपमा रहेको छ । तथापि, यस ठाउँलाई तीर्थस्थलका रूपमा खासै विकास गर्न सकिएको छैन । साधारण एक-दुईवटा मन्दिरहरू र भीमले किच्चकलाई मार्दै गरेको सिमेन्टको मूर्तिबाहेक खासै आकर्षण गर्ने कुराहरू छैनन् । धेरै पुराना आँपका रुखहरू र ठूलो बाँझो चौर छ, जहाँ वस्तु चररिहेका हुन्छन् र भुराहरू खेल्ने गर्छन् । खास गरी पुराना प्रशस्त इँटाहरू छरएिका भेटिन्छन् । पहिला-पहिला त मानिसहरूले यस ठाउँका इँटाहरू उठाएर लगेर आफ्नो घरमा चुलो-चौका बनाउने गरेको पनि पाइन्थ्यो । अचेल त्यति सग्ला इँटाहरू पाइँदैनन् तैपनि इँटाका टुक्राहरू भने अझै पनि भेटिन्छन् । पूर्वपट्ट िमेची नदीले जमिन कटान गर्दै किच्चकबधको त्यो विशेष स्थललाई नै कटान गर्छ भनेझँै ताक्ने गरेको छ । संरक्षणका लागि केही काम भइरहेको भएता पनि पुरातत्त्व विभागले जिम्मा लिएर काम ढिलो गरेका कारण यो स्थान न आध्यात्मिक महत्त्वको न ऐतिहासिक महत्त्वको भएर अलपत्र परेको छ । जुन महत्त्वको भए पनि किटान गरििदएदेखि दक्षिणी झापाको एक महत्त्वपूर्ण पर्यटकीय स्थलका रूपमा यो विकास हुन सक्थ्यो र त्यस क्षेत्रको विकासमा यसको महत्त्वपूर्ण भूमिका रहने थियो । 

मैले ०६० सालतिर राधा उपन्यास लेख्दा सो उपन्यास किच्चकबधकै उत्खननबाट प्रारम्भ गरेको थिएँ । त्यस उपन्यासमा पुरातत्त्व विभागले उत्खनन गर्दा निस्िकएका कतिपय नमुनाहरूका बारेमा प्रा चिन्तामणि दाहालले कान्तिपुर दैनिकमा लेख्नुभएको लेखलाई पनि आधार बनाएको थिएँ । हामी झापाली लेखक र पत्रकारहरूले उत्खननकालमा आ-आफ्नो सुविधा अनुसार त्यहाँ उपस्िथति भएर अवलोकन गरेका थियौँ । जेहोस्, पौराणिक पात्र राधालाई झापाको किच्चकबधमा भेटिएको सन्दर्भ उल्लेख गरी लेखिएको यस उपन्यासले ०६२ सालको मदन पुरस्कार प्राप्त गरेपछि यसका पाठकहरूलाई सबैभन्दा ठूलो जिज्ञासा नै किच्चकबध र त्यहाँ राधाले लेखेको आत्मकथा पढेर सुनाउने साधुबारेमा रहेको पाइन्छ । झापा पुग्दा एकपल्ट किच्चकबध पुग्ने चाहना धेरैले राख्ने गरेका छन् । कति त पुगेर आएका पनि छन् । तर, जो पुगेर आएका छन्, उनीहरूको त्यहाँ पुग्न चाहने उत्साह, पुगेपछि निराशाजनक भएको पनि पाइएको छ । मनमा जुन तस्िबर लिएर त्यहाँ जान्छन् र जब त्यहाँ त्यस्तो आकर्षण गर्ने कुनै कुरा भेट्दैनन्, तब उनीहरू खिसि्रक्क पर्ने गरेका छन् । 

साहित्यिक कृतिहरूबाट पनि पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण योगदान पुग्दो रहेछ भन्ने लागेको छ तर त्यस कुरालाई स्थानीय जनप्रतिनिधि तथा विकासवादी संस्थाहरूले गम्भीर रूपमा लिनुपर्छ भन्ने लाग्छ । किच्चकबधका बारेमा आजअघि जेजति प्रचार भएको थियो, त्यसको सयाँै गुणा बढी प्रचार राधा उपन्यासबाट भएको छ तर यस कुरालाई किच्चकबधसँग सरोकार राख्ने संस्था, व्यक्ति तथा स्थानीय विकास प्राधिकरणहरूले कुन रूपमा लिएको होला मलाई थाहा छैन । त्यसो त राधा एउटा साहित्यिक कृति हो । यो इतिहास पनि होइन, पुराण पनि होइन । यसमा आधुनिक तथ्य प्रणालीको प्रयोग गरएिको पनि छैन । तैपनि किच्चकबधको पर्यटकीय विकास र प्रचारमा नजानिँदो पाराले यस पुस्तकबाट राम्र्रै सहयोग पुगेको कुरा मलाई अनुभव भएको छ । 

किच्चकबधको नामकरण सर्वप्रथम कहिले र कसले गरेको हो र यस ठाउँमाथि महाभारतकालीन 'किच्चकको बध' भएको ठाउँको किम्वदन्ती कसरी आरोपित भएको हो भन्ने प्रश्न ऐतिहासिक वा पौराणिक जतैपट्टबिाट हेरे पनि उठ्ने गर्छ । तर, यस प्रश्नका पछि झापाली बुद्धिजीवी प्राध्यापक, अनुसन्धानकर्ता तथा पत्रकारहरू त्यति गम्भीर रूपले लागेको पाइँदैन । जे कुरालाई पनि सामान्य ढंगले प्रचारमा ल्याइदिने र दुई-चार दिन रमाइलो गर्ने मनोविज्ञानले धेरैलाई प्रभावित गरेको छ । 

उपन्यासले किच्चकबधलाई महाभारतकालीन कथामा आधारति भीमले किच्चकलाई बध गरेको कुरालाई पत्याएको छैन । पौराणिक कथाले पनि त्यो आधार दिँदैन । विराट राजाको दरबारमा बध गरएिको किच्चक 'किच्चकबध'मा पुग्ने सम्भावना नै छैन । फेर िविराटराजाको दरबार आजको हाम्रै विराटनगर हो भन्ने पनि खासै आधारहरू पाइँदैनन् । गोग्राहालाई कृष्णप्रसाद कोइरालाले विराटनगर नाम दिएपछि बनेको विराटनगर महाभारतीय हो भनेर हामीले मानिरहेका रहेछौँ । ऐतिहासिक वा पौराणिक आधारहरूको तथ्यांक खोजीतिर हामी किन नलागेको होला ? 

राधा उपन्यास केवल पुराणको छेउछेउबाट हिँडेको मनोरञ्जनात्मक कृति मात्र नभई सांस्कृतिक विषयहरूमाथि उठेका ठूलठूला प्रश्नहरूको संग्रह पनि हो । सिंगै पुराणमाथि नै प्रश्नचिह्न बनेको यस पुस्तकले झापाली आदिवासीहरूलाई आफ्नो इतिहासको खोजी गर्न सुझाव पनि दिएको छ । हालसम्म राधा उपन्यासमाथि एक दर्जनभन्दा बढी स्नातकोत्तर तहमा शोधकार्य भइसके पनि यस पाटोतिर खासै कसैले अध्ययन गरेको देखेको छैन । 

महेशपुर गाविस-३ मा रहेको यस स्थानको विकास र संरक्षणमा उक्त गाविस र झापा जिल्ला विकास समितिको विशेष योगदान रहनुपर्छ भन्ने मलाई लाग्छ । वर्षमा एकदिन आदिवासीहरू भेला भएर मुरै र जुलेवी खाई मेला भर्दैमा किच्चकबधको महत्त्व स्थापित पनि हुँदैन, विकास पनि हुँदैन । यसलाई विशेष रूपले संरक्षण क्षेत्रभित्र पारेर विकास परयिोजनाभित्र समावेश नगरे, कुनै दिन सस्तो लोकपि्रयताका भोका राजनीतिक दलहरूले कृत्रिम सुकुम्वासीलाई लगेर छाप्रो हलाउन बेर छैन । पुरातत्त्व विभागलाई आफ्नो काम पूरा गर्न लगाउने स्थानीय दबाबको पनि आवश्यकता देख्छु । 

यदि किच्चकबधलाई यसको ऐतिहासिक वा पौराणिक तथ्यको आधार दिनसके पूर्वको लुम्बिनीसरह महत्त्व पाउने सम्भावना छ ।


पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ ।




Part-1


Part-2


Part-3


Part-4


Part-5


Part-6


Part-7


Part-8


Part-9


Part-10


Part-11


Part-12


Part-13


Part-14


Part-15


Part-16

कृष्ण धरावासी को आधा बाटो

आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को 
आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।

Aadha Bato in Audio Version
Aadha Bato by Krishna Dharabasi Part 1
 

Aadha Bato by Krishna Dharabasi Part 2

Aadha Bato by Krishna Dharabasi Part 3


Aadha Bato by Krishna Dharabasi Part 4


Aadha Bato by Krishna Dharabasi Part 5


Aadha Bato by Krishna Dharabasi Part 6


Aadha Bato by Krishna Dharabasi Part 7


Aadha Bato by Krishna Dharabasi Part 8


Aadha Bato by Krishna Dharabasi Part 9


Aadha Bato by Krishna Dharabasi Part 10


Aadha Bato by Krishna Dharabasi Part 11


Aadha Bato by Krishna Dharabasi Part 12


Aadha Bato by Krishna Dharabasi Part 13


Aadha Bato by Krishna Dharabasi Part 14


Aadha Bato by Krishna Dharabasi Part 15


Aadha Bato by Krishna Dharabasi Part 16(An Interview with Krishna Dharabasi)


Aadha Bato by Krishna Dharabasi Part 17

Karna shakya's soch....!

Karna shakya's soch...! soch...! soch...!

नेपाल का प्रसिद्द होटल ब्यबसाई , उद्यमी ताथा लेखक कर्ण शाक्य ले लेख्नु भएको हो | हरेक नेपाली ले एक पटक सुन्न पर्ने यस किताब को अडियो ७ भाग मा बिभाजन गरिएको छ | प्रत्येक भाग लाइ क्रमस सुन्दै जानु होला |  सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक सोच को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ।

Audio Book : Soch
Writer  of the book : Karna Shakya
Audio Voice : Laxman Ses and Radhika Baniya
Rerording : Bikash Gurung

To listen to this audio book go to the the section below and play one by one.
Introduction : सोच अडियो  किताब

Part- 1- नेपाल खत्तम छैन

Part-2-सकारात्मक सोचको शक्ति

Part-3- प्रजातन्त्रको पेन्डोराबक्स

Part-4-घुमिफिरी रुम्जाटार

Part-5- फर्केर हेरौँ

Part-6-वनबासतिर

Part-7-टुँडिखेल देखि केशरमहलसम्म